

निर्माणाधीन सपिङ कम्प्लेक्सको मेयर चौधरीद्वारा अनुगमन
वैशाखभित्रै हस्तान्तरण गर्छाैंः निर्माण कम्पनी

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहानमा निर्माधाधीन सपिङ कम्प्लेक्सको अनुगमन गरेका छन् ।
मुलुककै ठूलो नगरपालिका समेत रहेको लहान नगरपालिका वडा नं. ६ स्थित पुरानो नगरपालिका परिसरमा निर्माणाधीन उक्त कम्प्लेक्सको मेयर चौधरीले अनुगमन एवं निरिक्षण गरेका हुन् ।
वैशाखभित्र काम सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।
निरिक्षणका क्रममा १६ करोडको कुल लागतमा आधुनिक किसिमको सपिङ्ग कम्पलेक्स बन्ने प्रमुख चौधरीले जनाए ।
उक्त अवसरमा मेयर चौधरीले निर्माण कम्पनीलाई कम्प्लेक्स निर्माणको गुणस्तरीयतालाई प्रमुख ध्यान दिन र निर्धारित समयमै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिएका थिए ।
नगरपालिकाले लहानको मुख्य केन्द्रमा निर्माण गर्न लागेको उक्त कम्प्लेक्सको निर्माण सम्पन्नपछि नगरवासीले प्रत्यक्ष लाभ लिन सक्दछन् ।