

ईश्वरपुरका मेयर आचार्यको आयोजना २० उपप्रमुख एउटै मञ्चमा

सर्लाही । सलाईको ईश्वर नगरपालिका मेयर मनोजकुमार आचार्यले नारीहरुको महान पर्व तिजको पावन अबसरमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।
सर्लाही जिल्लाकै सशक्त युवा प्रष्टवक्ता मेयरका रुपमा परिचित आचार्यको आयोजना भएको तीन कार्यक्रममा देशका विभिन्न ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो ।
त्यसका साथै उक्त कार्यक्रममा विभिन्न २० पालिकाका उप प्रमुख समेतलाई एउटै मन्चमा ल्याई एकताको सन्देश समेत दिएका थिए ।
उनले कार्यक्रममा बोल्दै यो कार्यक्रम कुनै पार्टीभन्दा माथि उठेर भावनामा ओतप्रोत रहेर आयोजना गरिएको जनाउँदै सम्पूर्ण नारीहरुको महानु पर्वको अवसरमा शुभकामना दिए ।
उक्त कार्यक्रम नारायणमाविमा सम्पन्न भएको थियो । उक्त अवसरमा मेयर आचार्यले अमेरिकामा ज्यान गुमाएका दुई ममता काप्mले र मुना पाण्डेलाई पनि सम्झिएका थिए ।