

एसईई उत्तीर्ण विद्यार्थीलाई नगरप्रमुख आचार्यले गरे सम्मान

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित नारायण माविका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
शुक्रबार आयोजित विशेष समारोहबीच यसपटककको एसईई परिक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो भने उत्तीर्ण हुन नसकेका विदार्थीहरुलाई परामर्श प्रदान गरिएको थियो ।
नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक राजकुमार समाललाई सम्मान गरिएको थियो । साथै उक्त अवसरमा मेयर आचार्यको विशेष पहलमा विद्यालयमा सञ्चालित कम्प्युटर प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक फणिराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानअध्यापिका पदम कुमारी खरेलले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रम सञ्चालन शिक्षक गंगा प्रसाद सुवेदीले गरेका थिए ।