

मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्कियो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
एआर ०१ टी ६३७२ नम्बरको डबल डेकर भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किँदा केही घाइते भएको जनाइएको छ ।
दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तस्बिरः नर्बु गुरुङ्ग