

थामेको बाढी पीडितको उद्धारमा खटिएका इन्स्पेक्टरसहित १३ प्रहरी पुरस्कृत

सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका नेपाल प्रहरीका १३ जनालाई पुरस्कृत गरिएको छ ।
गत साउन २६ गते थामेमा आएको बाढीको उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जना प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मंगलबार पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण गिरीलगायत २ जना असई, १ जना प्रहरी वरिष्ठ हबल्दार, ३ जना प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जनाए ।