

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका हुन्।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।
लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ।
त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।
भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।
यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, प्रहरी महानिरीक्षक बसन्त कुँवर, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन् ।