

प्रहरी जवान खड्का १५ हजार घुससहित पक्राउ

रुपन्देही । प्रहरी हवल्दार डुकबहादुर खड्का घुससहित पक्राउ परेका छन् ।
प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा रोहिणी गाउँपालिका–३ स्थित सेमरहवा चोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।