

प्रहरी जवान विकले गुमाए ट्रकको ठक्करबाट ज्यान

काठमाडाैं । ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान महेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको हाे ।
शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत विक सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन् ।