विदेश जाने विद्यार्थीका लागि क्यापिटल हाउजिङको अफर, कर्जाका लागि ३० हजारमै घडेरी !

काठमाडौं । क्यापिटल हाउजिङ एण्ड रियल स्टेटले शैक्षिक कर्जा प्रयोजनका लागि नेपाली विद्यार्थीलाई जग्गा उपलब्ध गराउने भएको छ । नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई आवश्यक शैक्षिक कर्जा प्रयोजनका लागि क्यापिटलले सस्तोमा घडेरी उपलब्ध गराउने भएको हो ।

विद्यार्थीलाई उपलब्ध हुने घडेरी ४ देखि ६ आना हुने क्यापिटले जनाएको छ । घडेरी विद्यार्थीका अभिभावकको नाममा नामसारी हुनेछ । उक्त जग्गा बैंकमा राखेर विद्यार्थीले शैक्षिक कर्जा लिइ आफ्नो विदेशमा उच्च शिक्षा अध्ययन गर्ने सपना पुरा गर्न सकिने जनाइएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका दुरदराजका विद्यार्थीलाई सहज होस् भन्ने उद्येश्यका साथ यो योजना ल्याइएको क्यापिटल हाउजिङले जनाएको छ ।

‘नेपालको भूगोल कठिन छ । गाउँमा आफ्नो जग्गा भएपनि कतै बैंक पुगेको हुँदैन, कतैको जग्गामा बाटो हुँदैन । यस्तो अवस्थामा बैंकले शैक्षिक कर्जा दिन असहज मान्छ ।’, क्यापिटल हाउजिङका एक प्रतिनिधिले भने, ‘हामी काभ्रेको धुलिखेलमा राम्रो सडक पूर्वाधार भएको ठाउँमा जग्गा उपलब्ध गराइदिन्छौं । बैंकलाई काठमाडौं आसपासको क्षेत्रमा कर्जा दिन सहज हुन्छ । विद्यार्थीका अभिभावकले जग्गामा घर बनाएर आफै बस्न पनि पाइन्छ, बस्न मन नभए हामी अर्को ग्राहकलाई बेचाइ पनि दिन्छौं ।’

विद्यार्थीको भिसा लागेपछि कम्पनीले सर्भिस चार्ज कटाएर उक्त जग्गा अर्को व्यक्तिका नाममा नामसारी गरिदिने गरेको पनि जनाएको छ । ‘एउटा घडेरीको १ लाख ५० हजार तोकिएको छ, त्यो जग्गाको बास्तविक मुल्य १ लाख २० हजार हो ।’, क्यापिटलले भनेको छ, ‘हामीले ३० हजार सर्भिस चार्ज लिने हो । विद्यार्थीको भिसा लागेपछि हामी उक्त जग्गा अर्को व्यक्तिलाई बिक्रि गरिदिन्छौं । उहाँको १ लाख २० हजार पनि फिर्ता गरिदिन्छौं । यसमा मालपोत, जग्गा पास खर्च भने विद्यार्थीले नै व्यहोर्न पर्छ ।’

यो योजनाले अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत अध्ययनका लागि जाने विद्यार्थीलाई धेरै नै सहज हुने बताइएको छ । यो सेवा लिन चाहने विद्यार्थीले ९८६००६०६५५ मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *