

अधिवक्ता स्वीकृतिले ल्याइन् गजलसंग्रह ‘यात्रा’

काठमाडौं । अधिवक्ता स्वीकृति बरालले गजलसंग्रह बजारमा ल्याएकी छिन् ।
पेशाले अधिवक्ता समेत रहेकी गजलकार बरालले पहिलो गजल संग्रहका रुपमा ‘यात्रा’ नामक संग्रह बजाररमा ल्याएक हुन् ।
लेखन र अध्ययनकी सौखिन स्वीकृतिले यसअघि विभिन्न पत्रपत्रिकाहरुमा निबन्ध, लेख, गीतगजल, कविताहरु प्रकाशन गरिसके पनि पुस्तकका रुपमा पहिलो गजलसंग्रह बजारमा ल्याएकी हुन् । यसअघि ‘अन्तिम सुन्तला’ नामक किताव नेपालीमा अनुवाद गरेकी बरालले हाल विभिन्न सञ्चारमाध्यमहरुमा कानुनसम्बन्धी स्तम्भकारका रुपमा लेख्दै आएकी छिन् ।
साहित्य र सिर्जनात्मक परिवारकी स्वीकृति बरिष्ठ गीतकार डा. कृष्णहरि बराल एवं डा. सुषमा बाँस्कोटा बरालकी छोरी हुन् भने चर्चित संगीतकार एवं सर्जक गैरे सुरेशकी जीवनसंगीनी हुन् ।
शमी साहित्य प्रतिष्ठानबाट प्रकाशित यात्रा गजलसंग्रहको मूल्य २२५ रुपैयाँ राखिएको छ ।