

मध्यरातमा हल्लियो सिन्धुपाल्चोक, हेलम्बु केन्द्रबिन्दु भई ४.२ को भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो ।
भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।
२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।