

राइटपाथको एजुकेसन कन्क्लेभमा विद्यार्थीहरूको घुइँचो

अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो। कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ। यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन्।
राइटपाथकी ब्राण्ड एम्बेसडर समेत रहेकी पुर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो। यी दुई प्रसिद्ध व्यक्तित्वहरु संग फोटो खिच्न सहभागी विद्यार्थीहरु झुम्मिएका थिए।
अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए। उनले भने, ‘मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु। आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो। आज युनिभर्सिटीकै सर/म्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु।’ आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाई थियो।
अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन्। कुन ठाउँ जाने ?, कस्ता शैक्षिक संस्था छान्ने ? डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रिया सम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन्। उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्या बाट बचाउने प्रतिक्रिया दिइन्।
कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए। भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेका देखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए।
सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए। केही प्रतिनिधिहरूलाई आफू सँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो।
‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको भव्य सफलता पछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए। उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम बाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाई थियो।
कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ। आज शनिवार काठमाडौँ बाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ। यसबिचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ। यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन्।