

भरतपुरमा स्कुल बसमा आगजनी, सहचालकको मोबाइल लुटियो

चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको बसमाथि आगजनी भएको छ । स्मल हेभन स्कुल कल्याणपुरका विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा मोटरसाइकलमा आएका अज्ञात समूहले आगजनी गरेको जनाइएको छ
उक्त बस चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।