सशस्त्रले निकाल्यो रुखमा अड्किएको अवस्थामा रहेको बेपत्ता पर्यटकको शव

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेकी २१ वर्षिया पर्यटक जर्मन नागरिक पिया जोस शव फेला परेको छ ।

पोखरा फर्कने क्रममा शनिबार साँझ अर्का एक पर्यटकले आफ्नो जर्मन केटि साथी भिरबाट खसेको भन्ने जानकारी गराएपछि नं. २४ कालिका गण कास्कीबाट उनको खोजी तथा उद्धारको लागि सुरक्षा फौज परिचालन भएको थियो । खोज तथा उद्धारको क्रममा आईतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा फेला परेको  हो ।

अहिले प्रहरीले ती अमेरिकी युवकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *