

विद्यार्थी बोकेको स्कुल बसका चालकलाई पेस्तोल देखाउँदै हातपात

चितवन । चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ ।
भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो ।
विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।
कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थी समेत थिए ।
गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्याक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक संजालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।