

लहान नगरपालिकाको १३ औं नगरसभा सुरु

लहान । मुलुककै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाको १३ औं नगरसभा सुरु भएको छ ।
लहान नगरपालिकाको सभाहलमा सुरु भएको नगरसभाको उद्घाटन समारोहमा नगरपालिका प्रमुख महेश चौधरी, उपप्रमुख राम चलितर महतो, प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलगायतको उपस्थिति रहेको छ ।
नगरसभामा लहान नगरभित्रका २४ वटै वडाका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहेको जनाइएको छ ।