

सशस्त्रको एपीएफ क्लब बन्यो कोशीलाई हराउँदै पीएम कप च्याम्पियन

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो ।
११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन् ।
विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए ।