प्रहरी जवान ऐडीले गुमाए मोटरसाइकलको ठक्करबाट ज्यान, अन्य २ प्रहरी घाइते

हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ।

हेटौंडास्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्र्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनलाई नियमित व्यायाम गर्नका लागि दौडिरहेको बेला बिहान पौने ७ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट अन्य दुई प्रहरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्रीको बायाँ खुट्टा, हातमा चोट लागेको छ ।

त्यस्तै मोटरसाइकल चालक हेटौंडा–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *