

विपन्न लहानबासीका लागि सुरक्षित घर बनाउन प्रयासरत छुः मेयर चौधरी

लहान । मुलुककै ठूलो नगरपालिका लहान नगरपालिकाको जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित अगाडि बढिरहेको लहान नगरपालिकामा पछिल्लो समय सुरक्षित जनता आवास योजना कार्यान्वयनमा आएको छ । सोही योजना अन्तर्गत लहान नगरपालिका वडा नं.– १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख महेश प्रसाद चौधरीले उनीहरुलाई आज सुरक्षित आवास (घर) हस्तान्तरण गरेको वडा नं।– १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरीले बताए ।
लहान नगरपालिकाको ३० लाख ३२ हजार २ सय ३८ रुपौया २४ पैसा, हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्यीम्यानिटी नेपालको २४ लाख र स्थानीय जनश्रमदान ५ लाख ७९ हजार ४ सय ८८ रुपैयाँ ८८ पैसा गरी जम्मा ६० लाख ११ हजार ७ सय २७ रुपौया १२ पैसाको कुल लागतमा घर निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने, ‘केहिदिन भित्रै लहान नगरपालिका वडा नं।– १५ को मेनहर्वा टोलको विपन्न वस्तिमा ३८ वटा घर हस्तान्तरण गर्नेछु ।’
चालु आर्थिक बर्षमा ५० वटा घर हस्तान्तरण गर्ने लक्ष्य अनुरुप लहान नगरपालिका वडा नं।– १२ मा (१२ घर) र लहान नगरपाकिला वडा नं। – १५ मा (३८ घर) को लागी सम्झौता गरेको सुनाए । स्रोत साधनले भ्याए सम्म नगरक्षेत्र भित्रका अन्य विपन्न परिवारका लागि आफु सुरक्षित घर बनाउन प्रयासरत रहेको प्रमुख चौधरीको भनाई रहेको छ । हरेक घरमा दुई बेडरुम, भान्साघर र शौचालय पनि छ ।