

लहानको बानो गाउँमा होमस्टे सञ्चालनको अन्तिम तयारी, नगरपालिकाको सहयोग रहने मेयर चौधरीको प्रतिबद्धता

लहान । सिराहाको लहान नगरपालिकाको वडा नं. १५ मा होम स्टे सञ्चालनमा आउने भएको छ ।
वडाको बानो गाउँमा होम स्टे सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बेला लहान नगरपालिकाका मेयर महेश चौधरीले अनुगमन तथा निरीक्षण गरेका छन् ।
मुलुककै सबैभन्दा ठूलो नगरपालिका रहेको लहान नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले होम स्टे सञ्चालनमा ल्याउन लागिएको हो । उक्त गाउँमा सञ्चालनमा ल्याइने होमस्टेलाई सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले सामुदायिक भवन, सडक यातायातलगायत पूर्वाधार निर्माणमा सहयोग गरेको पनि मेयर चौधरीले जनाए ।
उक्त होमस्टेको निर्माण अन्तिम तयारीमा रहेको हुनाले छिटै सञ्चालन हुने पनि स्थानीयहरुले जनाएका छन् ।