

मुगु सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ प्रहरी सम्मानित

काठमाडौं । मुगुमा गत १० कात्तिकमा भएको एकै परिवारको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) नारायण प्रसाद शर्मालगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै सम्मान गरिएको हो ।
सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले बुधबार उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।
उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो ।