लेक्चरर पाण्डेको ‘फण्डामेन्टल अफ मार्केटिङ’ पुस्तक बजारमा



काठमाडौं । लेक्चरर नेत्र बहादुर पाण्डेले स्नातक तहको बीबीए र बीबीएमका विद्यार्थीका लागि ‘फण्डामेन्टल अफ मार्केटिङ’ विषयको पुस्तक बजारमा ल्याएका छन् ।

मार्केटिङ विषयका विज्ञ मानिएका पाण्डे २०५३ देखि शिक्षण पेशामा आबद्ध छन् । उनी हाल सरस्वती बहुमुखी क्याम्पसका साथै अन्य क्याम्पसहरुमा पनि अध्यापन गराउँदै आएका छन् ।

पाण्डे शिक्षण पेशाका अलावा मानव अधिकार र समाज रुपान्तरणका क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।

प्रकाशित पुस्तक TU, PU लगायतका BBA/ BBM program का विद्यार्थीहरु, प्राध्यापकहरु, बजारशास्त्रमा रुचि राख्ने सम्पुर्ण पाठकहरुको लागि उपयोगी हुने लेखक पाण्डेले जनाए ।