

सेनाका १३८ अधिकृतको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)
६० मेजर, ६० क्याप्टेन र १८ जना लेफ्टिनेन्टको सोमबारबाटै लागू हुने गरी सरूवा

काठमाडाैं – नेपाली सेनाका १३८ जना अधिकृतको सरुवा गरेको छ ।
सेनाको सैनिक सचिव विभागले मेजर, क्याप्टेन र लेफ्टिनेन्टहरुको सरुवा गरेको हो । सैनिक सचिव विभागका अनुसार सरूवा हुनेमा ६० जना सेनानी (मेजर), ६० जना सहसेनानी (क्याप्टेन) र १८ जना उपसेनानी (लेफ्टिनेन्ट)को सरुवा भएको छ ।
अधिकृत सरुवा, काज नियुक्ति निर्देशिका २०७७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७८, युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई प्राथमिकतामा राखी सरुवा गरिएको र मानवीय आधारमा सरुवाको लागि निवेदन प्राप्त भएकोलाई प्राथमिकतामा राखेर सरुवा गरिएको उल्लेख छ ।
सरूवा भएका अधिकृतहरूलाई १५ दिनभित्र सम्बन्धित युनिटमा हाजिर हुन निर्देशन दिइएको छ ।
सूचीः
‘