

प्रहरीका ३ एसपीको काज सरूवा, को-कहाँ पुगे ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एसपीको काज सरुवा गरेको छ ।
नेपाल प्रहरीका अनुसार ३ जना प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवा गरिएको हो ।
प्रहरीका अनुसार एसपी रञ्जु सिग्देल, अनुपम शमशेर जबरा र राजेन्द्र प्रसाद धमलाको काज सरुवा गरिएको हो ।
सिग्देललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज, जबरा, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्साल र धमलालाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ ।