एआईजी राईलाई निमित्त आईजीको जिम्मेवारी



काठमाडौैं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले निमित्त आईजीको जिम्मेवारी पाएका छन् ।

प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर इन्टरपोलको ९१ औं महाशाखामा भाग लिनका लागि अस्ट्रिया गएसँगै नेपाल प्रहरीको दैनिक प्रशासनिक कामका लागि जिम्मेवारी एआईजी राईले पाएका हुन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।