

इन्स्पेक्टर भट्टराईलाई मन्त्रालयको ताकेता, ७ दिनभित्र हाजिर नभए जागिरबाट हटाउने चेतावनी

काठमाडौं – गृह मन्त्रालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी अस्पतालमा कार्यरतमा कार्यरत इन्स्पेक्टर भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृहले सूचना प्रकाशन गर्दैे निर्देशन दिएको हो ।
उनी प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक इन्स्पेक्टर हुन् ।
कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ । साथै भविष्यमा सरकारी सेवाको लागि योग्य नठहरिने गरी सेवाबाट हटाउने पनि चेतावनी दिइएको छ ।