

बरिष्ठ सईमा बढुवा भएका यादवलाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रहरी नायव निरीक्षक (सई) पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) पदमा पदोन्नति भएका टेकनारायण यादवलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले यादवलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यादव प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फ कार्यरत रहेका थिए ।