

यी ५ एसपी भए एसएसपी बढुवाका लागि सिफारिस (नामसहित)
पहिलो नम्बरमा बसन्त रजाैरे सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिस गरिएको छ ।
बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५ प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी बढुवाका लागि सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।