

विद्युत् प्राधिकरणले माग्यो ४२० जना कर्मचारी, कुन-कुन पदमा खुल्यो विज्ञापन ? (विज्ञापनसहित)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका ४२० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।