

अभिनेत्री दिपाशाले गुमाइन् ज्यान

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।
स्वास्थ्यमा असहज महसुस गरेपछि नर्भिक अस्पतालमा बुधबार राति भर्ना गरिएको उनको उपचारकाे क्रममा बिहीबार बिहान मृत्यू भएको अस्पतालले जनाएको छ ।
उनको मृत्युको कारण खुलिसकेको छैन । सुर्खेत घर भएकी दीपाशा अविवाहित हुन् ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।