

लहान नगरपालिकाद्वारा बाढीमा ज्यान गुमाएका परिवारलाई सहयोग

लहान — सिराहाको लहन नगरपालिकाले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको परिवारलाई सहयोग प्रदान गरेको छ ।
नगरपालिकाका मेयर महेश चौधरी नेतृत्वका टोलीले बाढीमा परेर निधन भएका लहान नगरपालिका–२४ झुटकी गाउँका शिव नारायण यादवको परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।
उपमेयर रामचलितर महतोसहित मृतक यादवको घरमा पुगेका मेयर चौधरीले उनको परिवारलाई सहयोग स्वरुप १ क्विन्टल चामल, ५ किलो दाल, ५ किलो नुन, ५ लिटर तेल र १५ हजार नगद हस्तान्तरण गरेका थिए ।