

‘सफा लहान’काे परिकल्पनाका साथ फोहोर उठाउन ८ वटा गारवेज ट्रक सञ्चालनमा

लहान । सफा लहानको परिकल्पना गर्दै लहान नगरपालिकाले नगरक्षेत्रभित्रको फोहोर संकलनलाई प्राथमिकतामा राख्दै फोहोर संकलनका लागि फरक प्रकारको गारवेज ट्रक सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले ल्याएको फोहर संङ्कलन गर्ने आधुनिक किसिमको ८ वटा गारवेज ट्रक सवारी संचालनमा ल्याईएको नगरपालिकाका मेयर महेश चाैधरीले जनाए ।
अब नगरपालिकाले उक्त ट्रकबाट फोहर संङ्कलन गर्ने भएको नगर प्रमुख चौधरीले उद्घाटन समेत गरे ।
फोहर संकलन गर्न ट्रयाक्टर भन्दा पनि सो ट्रक सजिलो तथा सहज हुने भएकोले पहिलो चरणमा वडा नं. १ देखि १० सम्म फोहर संङ्कलन गर्नेछ । बिस्तारै कार्यविधि बनाएर २४ वटै वडा सम्मको फोहर संङ्कलन गर्नेछ ।
साथै नगरबासीका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा पनि केहिदिन भित्रै संचालन गरिने तयारी भैरहेको नगरपालिका श्रोतले जनाएको छ ।