लहानका मेयर चौधरीले गरे बिरामीको उपचारका लागि ५१ हजार सहयोग



सिराहा । लहान नगरपालिकाका मेयर महेश चौधरीले सिराहाका एक बिरामीलाई ५१ हजार सहयोग गर्ने जनाएका छन् ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न.५ गाउँ महेशवारी निवासी रामचन्द्र चौधरीलाई केही दिन देखि शरीरमा निस्किएको गाँठोको उपचारका लागि ५१ हजार सहयोगको घोषणा गरेका छन् ।

उनको शरीरमा निस्किएको गाँठो पछिल्ला दिनमा झन् बढ्दै गएको जनाइएको छ । आर्थिक अवस्था निकै दयनीय रहेका उनलाई दैनिकी गुजारा (हातमुख) जोड्न नै कठिनाई भईरहेको हुँदा उपचारका लागि असमर्थ भएको हुनाले सहयोगको याचना गरिरहेका बेला मेयर चाैधरीले उक्त सहयोगको घोषणा गरेका हुन् ।

संकटमा परेका विपन्नहरूलाई राहत र सहयोग गर्दै आइरहनुभएका ‘मनकारी’ मेयर चौधरीले यसअघि पनि यस्ता दुःखी पीडितहरूको उपचारका लागि सहयोग गर्दै आईरहेका छन् । साथै उनले अन्य दाताहरूलाई पनि सहयोगका लागि आह्वान गरेका छन् ।

विरामी :- रामचन्द्र चौधरी

बैंक : एन.एम.बि.बैंक,

खाता न.1100085349800014 सखुवा, सिरहा शाखा ।