पेन्सनपट्टा अध्यावधिबारे पूर्वसुरक्षाकर्मी परिषद्ले बुझायो महालेखा नियन्त्रकलाई सुझावपत्र



काठमाडौं । पूर्व सुरक्षाकर्मी तथा अवकाश प्राप्त सबै राष्ट्रसेवक कर्मचारीहरुको पेन्सापट्टा अद्यावधिसम्बन्धमा पूर्व सुरक्षाकर्मी परिषद नेपालले सुझावपत्र बुझाएको छ ।

महालेखा नियन्त्रक हरिप्रसाद मैनाली समक्ष परिषद्का केन्द्रीय अधयक्ष केबी राउतसहितको प्रतिनिधि मण्डलले सुझावपत्र बुझाएको हो ।

उक्त ज्ञापन पत्रमा ६र६ महिनामा सम्बन्धित बैंकमा स्वयं उपस्थित भएर अध्वाबधिक गर्नुपर्ने झण्झट साथै बिदेशमा रहेका र बृद्ध तथा अशक्तहरुलाई समेत ६र६ महिनामा उपस्थित हुनुपर्ने यदि नभए पेन्सन रकम नपाउने ब्यवस्था सम्बन्धमा यस पूर्ब सुरक्षाकर्मी परिषद नेपालमा गुनासोहरुका सम्बन्धमा महालेखा नियन्त्रक मैनालीसँग भेट गरी सुझावपत्र बुझाएको हो ।

उक्त प्रतिनिधिमण्डलमा परिषदका केन्द्रीय अध्यक्ष राउतसहित, केन्द्रीय प्रवक्ता हेमशंकर गिरी र सदस्य लोक वहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।