

लहानका ५५ गर्भवती महिलालाई पोषण खाद्यान्न वितरण

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले गर्भवती महिलाहरुलाई पोषणका लागि विभिन्न खाद्यान्न वितरण गरेका छन् ।
मेयर चौधरीले नगरपालिकाको १९ मा वडाका सम्पूर्ण गर्भवती महिलाहरुलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरेका हुन् ।
मेयरमा महेश चौधरी निर्वाचित भएदेखि सुरु भएको यस कार्यक्रममा सोमबार ५५ जना गर्भवती महिलाहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
हरेक महिना २२ गते खाद्यान्न वितरण गर्दै आएको छ । भविष्यमा जन्मिने बच्चा स्वास्थ्य रहोस भनेर यो कार्यक्रम लागू गरिएको मेयर महेश चौधरीले जानकारी गराए ।
उक्त अवसरमा वडा नं. १९ का वडाध्यक्षलगायतका प्रतिनिधि र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।