

२९ लाख रुपैयाँको स्याउसहित ट्रक सशस्त्रको फन्दामा, चालक फरार

सिराहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट साउन ११ गते सशस्त्र प्रहरीले करीव ३० लाख ३६ हजार रुपैयाँ बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको छ ।
स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारत लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितकोे ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो ।
ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए ।
बरामद स्याउ तथा ट्रक ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको छ ।