

सशस्त्रद्वारा ४२ लाख रूपैयाँको मोबाईलका डिस्प्लेसहित एक पक्राउ

बाँके । जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको डिसप्ले सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३६ वर्षिय नावेद अलीलाई नं. ३० बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले नियन्त्रणमा लिएको हो ।
से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा सवार अलीले बोकेको उल्लेखित मुल्य बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिएका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।