एनआरएनए अमेरिकामा अर्को भाँडभैलो
कांग्रेस जनसम्पर्क समितिको हस्तक्षेपपछि सपथ नलिने इन्डियाना च्याप्टर अध्यक्ष खत्रीको घोषणा
इन्डियाना । गैर आवासीय नेपाली संघ (NRNA NCC USA) अमेरिकाको सपथमा विवाद देखिएको छ ।
नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले एनआरएनएको १२ औं साधारणसभाकै मिति र स्थानमा कार्यक्रम गरेपछि एनआरएनलाई राजनीतिकरण गरिएको भन्दै केही च्याप्टर अध्यक्षहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने घोषणा पनि गरेका छन् ।
विदेशमा बस्ने नेपालीहरुको हक हितार्थ काम गर्नुपर्ने एनआरएन राजनीतिक दलको आड र भरोसामा चल्न लागेपछि कतिपय नवनिर्वाचित च्याप्टरका अध्यक्षहरुले सपथ कार्यक्रम नै बहिस्कार गर्ने जनाएका छन् । उनीहरुले एनआएनएको खर्चमा जनसम्पर्क समितिले आफ्नो कार्यक्रम सम्पन्न गर्ने अभिप्रायःसहित कार्यक्रमको मिति, स्थान र समयसमेत जुधाइएको दाबी गरेका छन् ।
नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाले एनआरएनएको कार्यक्रमको आडमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेला गर्न लागेको इन्डियाना च्याप्टरका निर्वतमान अध्यक्ष खेमराज खतिवडाले जनाएका छन् । उनले एक विज्ञप्ति नै जारी गर्दै यही ३० तारिखमा सिकागोमा हुन गइरहेको १२ औं वार्षिक साधारणसभाकै मितिमा सोही मिति र स्थानमा जनसम्पर्क समितिले कार्यक्रम एनआरएनएको कार्यक्रमलाई प्रभावित गर्न खोजेको जनाउँदै हरेक साधारणसभामा आयोजना गरिने एनआरएन च्याप्टर नाइट यसपटक आयोजना नगरिनेसमेत जनाएका छन् ।
एनआएनए इन्डियाना च्याप्टरका नवनिर्वाचित अध्यक्ष शिव खत्रीले एनआरएनएजस्तो गैर राजनीतिक संस्थालाई राजनीतिकरण गरिन नहुने जनाउँदै आफूले विरोधस्वरुप शपथग्रहणमा सहभागी नहुने जनाएका हुन् । उनले आफू कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नरहेको जनाउँदै विदेशमा रहेका नेपालीहरुको हकहितका लागि काम गर्नुपर्ने संस्थाले कुनै एक राजनीतिक दलको आडमा काम गर्न नहुने जनाउँदै बहिष्कार गर्न लागेको जनाए ।
खत्रीले आफू विशुद्ध एनआरएनको हिसाबले काम गर्ने प्रतिबद्धताका साथ विशेष गरी इन्डियानाका नेपालीहरुको हक हितार्थ काम गर्ने म्यान्डेट पाएको जनाउँदै आफू कुनै पनि राजनीतिक दलको छायाँमा बसेर काम गर्न नसक्ने जनाउँदै सपथ कार्यक्रम बहिष्कार गर्नेसमेत जनाएका छन् ।
खत्रीले एनआरएन भनेको विशुद्ध गैरराजनीतिक संस्था हुनुपर्छ भन्ने धारणाबाट नै सामाजिक क्षेत्रमा प्रवेश गरेको बताउँदै नेपालीहरुको हक हितका लागि जहिले पनि लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यसअघि मतपरिणाम घोषणा हुनुपूर्व सार्वजनिक भएपछि गत साता सम्पन्न निर्वाचन विवादित बनेको थियो ।