

भाग्यमानी कुकर जसको विहेमा भयो १८ लाख खर्च !

जाकर्ता । इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् ।
सो घटनाको ब्यापक आलोचना भए पछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।
इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरुकोको विवाह गराईएको थियो । दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो ।
ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए। त्यसपछि मालिकले अगाडि आएर माफी मागेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।
संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ ।