

लहान सपिङ कम्प्लेक्स यथाशीघ्र सञ्चालनमा आउँछः मेयर चौधरी

लहान । लहान नगपालिका वडा नं. १ मा निर्माणाधीन तरकारी बजारको आरसीसी ढलान सम्पन्न भएको छ । उक्त ढलानको नगरपालिकाका मेयर महेश चौधरीले उद्घाटन गरेका छन् ।
तरकारी बजारको बेसमेन्टको एक सय मिटरको ढलानको उद्घाटन गर्दै मेयर चौधरीले यस क्षेत्रको विकासका लागि नगरपालिका र यस क्षेत्रको सौन्दर्य थपिने बताएका छन् । उक्त आरसीसीको नगरपालिका र जनसहभागिता ३८ लाखमा निर्माण सम्पन्न भएको पनि उनले जनाए ।
यहाँ सञ्चालन हुने तरकारी बजारले लहानका कृषकदेखि उपभोक्तासम्मलाई सहज हुने अपेक्षा आफूले लिएको पनि मेयर चौधरीले बताए ।
उक्त अवसरमा मेयर चौधरीले यहीँ रहेको सपिङ कम्प्लेक्स सञ्चालनका लागि पनि यथाशीघ्र कार्यविधि निर्माण गरी यही महिनाको अन्तिम तिर टेण्डर आह्वान गरिने पनि बताए ।