

मनकारी मेयर महेश, जसले गरे पत्रकार पत्नी मन्दिराको उपचारका लागि ५१ हजार सहयोगको घोषणा

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले पत्रकार जीवछ उदासकी पत्नी मन्दिरा यादवको उपचारार्थ ५१ हजार सहयोग गरेका छन् ।
गम्भीर अवस्तामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मन्दिराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले मेयर चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन् । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार जीवछ उदासीकी पत्नी मन्दिराको केहीदिनदेखि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार यादवले श्रीमतीको उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दै सामाजिक सञ्जालमा लेखेपछि मेयर चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन् ।