

सशस्त्रले लियो साढे ५ किलो बढी चरेशसहित एक जनालाई नियन्त्रण

पर्सा । पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित चरेश फेला पारेको हो ।
नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।