

मेयर चौधरीको पहलमा भारतीय दूताबासले दियो लहानबासीका लागि एम्बुलेन्स

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीको पहलमा भारतीय राजदुतावासले दिएको एम्बुलेन्स नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
दूताबासले उपलब्ध गराएको एम्बुलेन्सको साँचो मेयर चाैधरीले बुझेका छन् ।
लहान नगरपालिका भित्रका गरिब, दलित तथा विपन्नहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लक्ष्यसहित मेयर चौधरीले थप एम्बुलेन्सको लागि आ.व. ०८०/०८१ मा ५० लाख बजेट पनि विनियोजन गरेको जनाएका छन् ।
लहानको विकासका लागि दत्तचित्त भएर लागेका मेयर चौधरीले लहानबासीको हक हितका लागि हरेक स्थानमा पहल गर्दै आएका छन् । त्यसैको प्रतिफलस्वरुप भारतीय दूतासबासले एम्बुलेन्स प्रदान गरेको हो ।