

सशस्त्रद्वारा १५ केजी चरेशसहित २ जना पक्राउ

पर्सा । जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई असार २७ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ ।