नेपाली सेनाका १७८ अधिकृतको सरूवा, को कहाँ पुगे ? (नामसहित)



काठमाडौं । नेपाली सेनाले एक सय बढी सैनिक अधिकृतहरुको एकमुष्ठ सरुवा गरेको छ । आगामी साउन १ गतेदेखि लागु हुने गरी सेनाले एक सय ७८ सैनिकको सरुवा गरेको हो । ‘अधिकृत सरुवा–काज नियुक्ति निर्देशिका, २०७७’ बमोजिम सैनिक अधिकृतहरुको सरुवा गरिएको सेनाले जनाएको छ । युनिटहरुमा न्यूनतम हुनैपर्ने संख्यालाई आधार मानेर उनीहरुलाई यताउता सारिएको सेनाको भनाई छ ।

सेनाले ९२ प्रमुख सेनानी र ८६ सेनानीको सरुवा गरेको हो । जसअनुसार जगदल गणका प्रमुख सेनानी सरोजकुमार कार्की पूर्वी पृतना हेडक्वार्टर पुगेका छन् । नम्बर २७ बाहिनी अड्डाका प्रमुख सेनानी रणबहादुर खड्का समारोह सञ्चालन निर्देशनालय, हवाई सुरक्षा तालिम शिक्षालय (काज नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र) का प्रमुख सेनानी ब्रजेश महर्जन नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र सरुवा भएको बताइन्छ ।

त्यस्तै, उत्तर पश्चिम पृतना हेडक्वार्टर (काज सैनिक कमाण्ड तथा स्टाफ कलेज) का प्रमुख सेनानी अनन्तबहादुर सिंह सैनिक कमाण्ड तथा स्टाफ कलेज जाने भएका छन् । उपत्यका पृतना हेडक्वार्टर (काज सैनिक प्रहरी गण) का प्रमुख सेनानी दिनेश गौतमलाई सैनिक प्रहरी गणमा सरुवा गरिएको छ । चरक बाहिनी (काज नेपाली सैनिक वार कलेज) का प्रमुख सेनानी सरोज राना सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक तालिम महानिर्देशनालयका प्रमुख सेनानी मदनजंग कार्की नम्बर २८ बाहिनी अड्डा, प्रकृति संरक्षण शिक्षालयका प्रमुख सेनानी दीपक कोइराला उत्तरपश्चिम पृतना हेडक्वार्टर पुगेका छन् ।

नम्बर १६ बाहिनी अड्डाका प्रमुख सेनानी दीपक बरुवाल र वीरेन्द्र अस्पतालको प्रमुख सेनानी भगवान थापामगरको पनि सरुवा भएको छ । उनीहरुलाई क्रमशः हवाई सुरक्षा तालिम शिक्षालय र प्रकृति संरक्षण शिक्षालय पठाइएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार पुष्पक गणका प्रमुख सेनानी घनश्याम भट्टराई नम्बर १९ बाहिनी अड्डा, मध्य पृतना हेडक्वार्टरका प्रमुख सेनानी विज्ञान खनाल सैनिक ईन्टेलिजेन्स निर्देशनालय, शान्ति कार्य निर्देशनालयका प्रमुख सेनानी विक्रमदेव गिरी पश्चिम पृतना हेडक्वार्टर जाने भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सुदूरपश्चिम पृतना हेडक्वार्टर (काज सैनिक कमाण्ड तथा स्टाफ कलेज) का प्रमुख सेनानी राजेशविक्रम शाहीको सरुवा गरिएको छ । त्यस्तै, सिद्धिदल गणका प्रमुख सेनानी जयराम बानियाँ नेपाली सैनिक वार कलेज, नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी निरन बस्नेत निरीक्षण निर्देशनालय, नम्बर १ राजदल गणका प्रमुख सेनानी समिर मल्ल नम्बर १३ बाहिनी अड्डा, जंगी असवाब खानाका प्रमुख सेनानी उदयबहादुर लामिछाने वीरेन्द्र अस्पताल, नम्बर १९ बाहिनी अड्डाका प्रमुख सेनानी सौनिक गुरुङ्ग पूर्वी पृतना हेडक्वार्टर, नम्बर ३ राजदल गणका प्रमुख सेनानी निर्मलध्वज खाँण जंगी असवाब खाना पुगेको स्रोतले बतायो ।

पूर्वी पृतना हेडक्वार्टरका प्रमुख सेनानी तुरेन्द्रविक्रम आङगदेम्बेले असवाब निर्देशनालयको जिम्मेवारी पाएका छन् । भैरवीदल गणका प्रमुख सेनानी अभिषेक कार्की, बरख गणका प्रमुख सेनानी दुर्गा थापा, पशुपति प्रसाद गणका प्रमुख सेनानी विजय भण्डारी, भैरव गणका प्रमुख सेनानी अमृत थापामगर, जबरजंग गणका प्रमुख सेनानी अरुण कार्कीको नाम पनि सरुवा सूचीमा परेको छ । उनीहरु क्रमशः नीति तथा योजना निर्देशनालय, मध्यपश्चिम पृतना हेडक्वार्टर, सैनिक सचिव विभाग, प्रबन्धरथी विभाग पुगेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रमुख सेनानी दीपेन्द्र बोगटीलाई पठाइएको छ । उनी नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणमा कार्यरत थिए ।

नम्बर २७ बाहिनी अड्डाको जिम्मा नेपाली सैनिक प्रतिष्ठानका प्रमुख सेनानी लालबहादुर गुरुङ्गले पाएका छन् । बटुकदल गणका प्रमुख सेनानी मणिराम थापा युद्धकार्य निर्देशनालय, रणशार्दुल गणका प्रमुख सेनानी सुनिल सुवेदी सैनिक कमाण्ड तथा स्टाफ कलेज, खड्गदल गणका प्रमुख सेनानी शशिकुमार कार्की नेपाली सैनिक वार कलेज, भवानीदल गणका प्रमुख सेनानी रवि केसी निरीक्षण निर्देशनालय, सिद्धिबक्स गणका प्रमुख सेनानी मुक्ति विक्रम शाहलाई शान्ति कार्य निर्देशनालय पठाइएको छ ।

कालीबहादुर गणका प्रमुख सेनानी अच्युत घिमिरेको सरुवा मध्य पृतना हेडक्वार्टरमा भएको छ । प्रमुख सेनानी भुपेन्द्र गोदर ज्वालादल गणबाट सैनिक तालिम महानिर्देशनालय पुगेका छन् । रणसिंहदल गणका प्रमुख सेनानी रविन्द्र महर्जन, नम्बर ९ बाहिनी अड्डाका प्रमुख सेनानी चिरञ्जीवी पौडेल, बज्रदल गणका प्रमुख सेनानी श्याम आत्रेय पौडेल, नारायणदल गणका प्रमुख सेनानी ईन्द्रराज गुरुङ्गको पनि सरुवा गरिएको छ । उनीहरुलाई क्रमशः नम्बर ९ बाहिनी अड्डा, जबरजंग गण, मध्य पृतना हेडक्वार्टर पठाइने भएको छ ।

भैरवप्रसाद गणमा कार्यरत प्रमुख सेनानी जनमतबहादुर कार्कीले उत्तर पश्चिम पृतना हेडक्वार्टरको जिम्मा पाएका छन् । चण्डीदल गणका प्रमुख सेनानी बरुण केसी (खत्री) नम्बर २७ बाहिनी अड्डा जाने भएका छन् । प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठ श्रीमेहर गणबाट सैनिक साम्रगी प्राप्ति निर्देशनालय पुगेका छन् ।

सरुवा भएका अन्यमा रणबम गणका प्रमुख सेनानी बालमुकुन्द थापा, ईन्द्रबक्स गणका प्रमुख सेनानी श्यामराजा विक्रम थापा, समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी विमल केसी, भैरवनाथ गणका प्रमुख सेनानी विवेकविक्रम शाह हुन् । उनीहरुलाई क्रमशः नम्बर २६ बाहिनी अड्डा, सुदूरपश्चिम पृतना हेडक्वार्टर, नम्बर १ वन तथा पर्यावरण सुरक्षा गण, नम्बर १८ बाहिनी अड्डामा सरुवा गरिएको छ ।

त्यस्तै प्रमुख सेनानी रविन थापा, महेश्वर सिलवाल, राजेन्द्र बोगटी, सूर्यबहादुर कार्की, सागर थापा, प्रतिक सिंह कार्की, प्रविन थापा,नरेश भक्त अधिकारी, शरद थापा पनि सरुवामा परेका छन् । उनीहरु क्रमशः सैनिक सामग्री प्राप्ति निर्देशनालय, सैनिक इन्टेलिजेन्स निर्देशनालय, भैरवनाथ गण, भैरवीदल गण, युद्धकार्य निर्देशनालय, नम्बर १ राजदल गण, रणबम गण, रणसिंहदर गण, चण्डीदल गण पुगेका छन् ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी रवि खड्कालाई नम्बर ३ राजदल गण पठाइएको सेनाले जनाएको छ । पूर्वी पृतना हेडक्वार्टरका प्रमुख सेनानी मोहनकुमार थापालाई ईन्द्रबक्स गण पुर्याइएको छ । प्रमुख सेनानी रविन श्रेष्ठ सैनिक संगठन निर्देशनालयबाट बज्रदल गण जाने भएका छन् । प्रमुख सेनानी धनराना मगर श्रीमेहर गण, शिवप्रसाद वाग्ले पशुपति प्रसाद गण, दीपेन्द्र अर्याल नम्बर १६ बाहिनी अड्डा, विनयचन्द्र बाँस्तोला पश्चिम पृतना हेडक्वार्टर, रमेश पाण्डे बरख गण, कुमार खड्का ज्वालादल गण, निराजन कटुवाल नम्बर ५ बाहिनी अड्डा, बिके सिंह विश्वकर्मा बटुकदल गण सरुवा भएका छन् ।

भवानीदल गणमा प्रमुख सेनानी भिष्म केसी, ईन्द्रध्वज गणमा धर्मेन्द्र भण्डारी, रणशार्दुल गणमा प्रल्हाद घले, कालीध्वज गणमा गोविन्द विष्ट, नारायणदल गणमा लेखनाथ कटुवाल, भैरव गणमा सुनिल घिमिरे, नन्दाबक्स गणमा सुमन श्रेष्ठ, सिद्धिबक्स गणमा कृष्णचन्द्र ठकुल्ला, भैरवप्रसाद गणमा परिक्षित देउजा, सैनिक ईन्टेलिजेन्स निर्देशनालयमा अशेष पन्थीलाई पठाइएको छ ।

रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका प्रमुख सेनानी शैलेन्द्र सिलवालको सरुवा कालीबहादुर गणमा भएको छ । नम्बर २ सैन्य तालिम केन्द्रमा प्रमुख सेनानी बद्री कुँवरलाई पठाइएको छ । प्रमुख सेनानी विकास अधिकारी नम्बर २ सैन्य तालिम केन्द्रबाट खड्गदल गण पुगेका छन् ।

अर्का प्रमुख सेनानी सुवर्ण खड्काले चक्रेश्वर गण, संगम अधिकारीले पुष्पक गण, मनिराज घिमिरेले नम्बर १ सैन्य तालिम केन्द्र, रामचन्द्र श्रेष्ठले पश्चिम पृतना तालिम शिक्षालय, धिरज थापाले सैनिक सामग्री प्राप्ति निर्देशनालय, राजेन्द्र श्रेष्ठले मध्यपश्चिम पृतना तालिम शिक्षालय, हरिहर गिरीले सिद्धिदल गण, नरेश सिंह पुजाराले उपत्यका पृतना हेडक्वार्टर, नाइजेल सुब्बाले भद्रदल गण र सुनिल प्रसाईंले जगदल गणको जिम्मेवारी सम्हाल्ने छन् ।

सरुवा हुने सेनानीहरुमा उपन कार्की, प्रल्हाद मगर, नरेश थापा, दिवाकर खड्का, लक्ष्मण खड्का, सन्तोष केसी, पुरुषोत्तम कार्की, शिव भंडेल, कृष्णशरण गुरुङ्ग, महेश्वर थापा, प्रकाश घिसिङ्ग पनि हुन् । उनीहरु क्रमशः युद्धभैरव गण, सैनिक सामग्री प्राप्ति निर्देशनालय, उपत्यका पृतना हेडक्वार्टर, अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नम्बर २१ बाहिनी अड्डा, नम्बर ३ बाहिनी अड्डा, सिंहशार्दुल गुल्म, नम्बर ६ बाहिनी अड्डा, सैनिक जनसम्पर्क महाशाखा, ईश्वरी बक्स गुल्म, शत्रुभन्जनमा गुल्ममा सरुवा भएका छन् ।

त्यस्तै, श्रीनाथ गणका सेनानी मनोजकुमार राईको सरुवा कृष्णदल गणमा गरिएको छ । सिद्धिबक्स गणका सेनानी राजेश राना भैरव बाहन गुल्म जाने भएका छन् । शान्ति कार्य निर्देशनालयका सेनानी शरद थापा मगर, भगवतीदल गणका सेनानी समिरबहादुर बस्नेत, प्यारा तालिम शिक्षालयका सेनानी प्रेन शाह, शेर गणका सेनानी केशरबहादुर खनाललगायत अन्य थुप्रैको सरुवा भएको जनाइएको छ ।