

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा १ को मृत्यु, ३ घाइते

धनगढी । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१झ ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते छन् ।
उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन ।