

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते

बिराटनगर । गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् ।
भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन ।
विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।
उनको कोशी अस्पतालमा उपचार भईरहेको छ ।
उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।