बढुवा भएका १८ एसएसपीको पदस्थापन, कार्यविभागमा राठौर पुग्दा, आईजी सचिवालयमा काजमा खत्री (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवा भएका १८ जनाको पदस्थापन गरेको छ ।

एसपीबाट भर्खरै बढुवा भएका एसएसपीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार पदस्थापन गरेको हो ।

जसअनुसार एसएसपी विश्व अधिकारीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ।

यस्तै, भूपेन्द्र बहादुर खत्रीको कर्णाली प्रदेश प्रहरी कार्यालय, सानुराम भट्टराईको प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, ओम प्रसाद अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, शेखर खनालको प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन भएको छ। तर, आईजी सचिवालयमा भूपेन्द्र खत्रीलाई काजमा खटाइएको छ ।

यस्तै, अबि नारायण काफ्लेको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, सोमेन्द्र सिंह राठौरको प्रहरी प्रधान कार्यालयको कार्य विभाग निर्देशनालय, मुकुन्द मरासिनीको प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा, दिप शम्शेर जबराको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ।

एसएसपी बेल बहादुर पाण्डेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिनेश राज मैनालीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काजमा खटाइएको छ। एसएसपी गोपाल चन्द्र भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रबिण पोखरेलाई मधेस प्रदेश प्रहरी कार्यालय, गंगा पन्तलाई प्रहरी शिक्षालय भरतपुर, चितवन, कृष्ण बहादुर पल्ली मगरलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ।

यस्तै, विश्वमणि पोख्रेललाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग र तारादेबी थापालाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काजमा खटाइएको छ। एसएसपी प्रज्वल महर्जनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको मन्त्रीस्तरीय निर्णयानुसार वैशाख २४ गते १८ जना एसपीहरु एसएसपीमा बढुवा भएका थिए।