सशस्त्रका डिएसपी र इन्स्पेक्टर नै स्याउ तस्करीमा !



सुनसरी । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक कारबाहीमा परेका छन् ।

भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् ।

वैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीस्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएको बताइएको छ ।

प्रहरीले कचनकवलस्थित लोदाबरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा १ सय १५ कार्टुन स्याउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो ।

छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीले जनाएको छ ।