

सशस्त्रका पूर्व हवल्दार नकुलले गुमाए मलामी जाँदा ज्यान

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीका पूर्व हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जाँदै गर्दा दुर्घटनामा मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका–९ ब्रहमदेवस्तिथ सडकमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।